मोरङकी अन्जुको मलेसियाको सडक दुर्घटनामा मृत्यू, टुहुरा छोराछोरीको पढाई खर्च मलेसियाबाट

<span class='c1'>मोरङकी अन्जुको मलेसियाको सडक दुर्घटनामा मृत्यू,</span> <span class='c2'>टुहुरा छोराछोरीको पढाई खर्च मलेसियाबाट</span>

प्रेम देवान ।
विराटनगर, ८ वैशाख । मोरङको सुनवर्सी नगरपालिका ६ पटियापाडाकी २८ वर्षिया अन्जूकुमारी ऋषीदेव मनमा अनेकौ सपना बोकेर बैदेशिक रोजगारीको लागि मलेसिया गईन् । उनी मलेसिया पुगेर घरमा आफ्ना स–साना छोराछोरी छोडेर २ वर्ष अगाडि मलेसियाको जोहोरबातु पहात स्थित जिम्मिल कमल दजम कम्पनीमा काम गर्न थालिन् ।

उनले राम्रैसँग काम पनि गरिन् तर भने जस्तो पैसा कमाउन सकिनन् । उनी मलेसिया गएको पनि लामै समय भएको थियो । तर अचानक गत फागुन ३ गते उनी कामबाट ँफर्कदै गर्दा पछाडीबाट आएको गाडीले उनलाई ठक्कर दियो ।
उनको त्यही घटनामा मृत्यू भयो । उनको मनमा बोकेका सबै सपना त्यही दिनदेखी अन्त्य भयोे । घरमा १० र ७ बर्षका साना नानीहरु छोडेर मलेसिया पुगेकी अन्जुले आफ्ना सपना पुरा त गर्न सकिनन् सदाका लागि अर्काको देशमा जीवन त्यागिन् ।
श्रीमान् अघि– अन्जुको शव पछि
उनीहरुको भेट महिनामा एक–दुई चोटीमा मात्र हुन्थ्यो । अन्जुका श्रीमान् ३४ वर्षिय पुसनलाल ऋषिदेव पनि ३ वर्ष अगाडी नै मलेसियामा थिए ।
केही वर्षपछि पुन श्रीमतीलाई पनि मलेसिया उनैले बोलाए । श्रीमान एउटा अनी श्रीमती अर्कै कम्पनीमा कामदारको रुपमा थिए । उनीहरुको बसाई पनि टाढा – टाढा नै थियो । एक अर्कोसँग भेट हुन मुस्किल हुन्थ्यो ।
मलेसिया पुगेको केही बर्षमा नै श्रीमतीको सडक दुर्घटनमा ज्यान गुमाएपछि पुसनलाललाई बज्रपात भयो । त्यो भन्दा पनि ठूलो बज्रपात स–साना छोराछोरीलाई ।
उनले आफ्नो श्रीमतीको शव उतै छोडेर उनी नेपाल फर्किए । उनीसँगै श्रीमतीको शव ल्याउन दिईएन । उनी आएको केही दिनपछि मात्र उनको उनको श्रीमतीको शव आईपुग्यो
मलेसियाबाट आर्थिक सहयोग
अन्जुले पैैसा कमाएर छोराछोरीलाई राम्रो स्कुलमा पढाउन भनेर जुन सपना बोकेकि थिईन् । त्यो पुरा त पुरा भएन । तर उनका एक छोरा र छोरीका लागि मलेसियाबाट उनका साथीहरुले आर्थिक सहयोग जुटाएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको उनको परिवार तथा बाल बच्चालाई जि .एस. समाज सेवा युवा क्लब मलेसियाको अगुवाइमा आर्थिक रकम जुटाएका छन् ।
राम परियारको अध्यक्षतामा जि .एस. क्लबका विशेष सल्लाहकार तथा प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङले अन्जुका परिवारलाई आर्थिक सहयोग रकम पठाएका छन् । संस्थाका प्रमुख सल्लाहकार मदन सुब्बा , सोमनाथ भण्डारी, हिरा बि क , महासचिव सन्तोष राई, सचिव प्रमोद मोक्तान , उपाध्यक्ष जटिल बि.सी., बिजय जैसवाल, मिथुन बिराजी, कोषाअध्यक्ष धनु राना ,उपाध्यक्ष विमल पोख्रेल, सदस्यहरु रन्जना केरुङ,सानी तामाङ ,संगीता घलान,सुप्रीया तामाङ लगायत समाजसेवीहरुले आर्थिक रकम जुटाई अन्जुका छोरा छोरीका लागि पढाई खर्च वापत ८ लाख १७ हजार १ सय ५० रुपैया पठाएका छन् ।
मलेसियाको जिमिल कम्पनी , सोङ्लिन कम्पनी, बुलुबेरी कम्पनी ,ओरेन्ज कम्पनीमा कार्यरत सम्पूर्ण कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट र विभिन्न डोनेशन बक्सबाट सहयोग संकलन आर्थिक सहयोग हस्तान्तरण गरिएको मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङले आवर विराटनगरलाई जाकनारी गराए ।
आएको रकम छोराछोरीको नाममा
अन्जुका साथीहरुले पठाएको रकम उनका छोरा – छारीको नाममा राखिएको छ । अन्जुका अहिले १३ वर्षकी छोरी काजल ऋषिदेव र ९ बर्षका छोरा प्रमजित ऋषिदेव रहेका छन् । उनीहरु हाल गाउँकै निजी विद्यालयमा पढ्न थालेको अन्जुका श्रीमान् पुसनलाल ऋषिदेवले आवर विराटनगरलाई जानकारी दिए । ‘अन्जुका साथी र मलसियाबाट पठाएको रकम छोरा छारीको नाँउमा राखिदिएको छु पुसनलालले भने, ‘उनीहरुको पढाई खर्चको लागि थोरै भएपनि राहत मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्