विराटनगर लागुऔषध कारोवारको ट्रान्जिट, हरेक दिन पक्राउ पर्छन् कारोवारी

<span class='c1'>विराटनगर  लागुऔषध कारोवारको ट्रान्जिट,</span> <span class='c2'>हरेक दिन पक्राउ पर्छन् कारोवारी</span>

विराटनगर, ८ बैशाख । चार किलो लागुऔषध गाँजासहित प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का ३९ वर्षीय दिनेश राजभरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर–१८ खोक्साबाट राजभरलाई पक्राउ गरेको हो ।

झोलामा राखेर पैदल हिंड्दै भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका राजभर विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए ।
नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादित गाँजा विभिन्न नाका हुँदै भारत कटाउने धन्दामा उनको संलग्नता रहेको प्रहरीको दावी छ ।
यसैबिच विराटनगर महानगरपालिका–१४ जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी श्रेष्ठले बताए ।
न्यौपानेका साथबाट डाइजेल्याब, लुपिजेसिक र एभिल गरेर सात÷सात एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका न्यौपानेले भारतको जोगवनीबाट खरिद गरेर लागुऔषध इटहरी लगेको प्रहरीलाई बताएका छन् ।
पक्राउ परेपछि प्रहरीले मलद्धवारमा राखेको लागुऔषध दिसाका माध्यमबाट बाहिर निकाल्न लगाएको छ । न्यौपाने विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्