श्रीलंकामा कर्फ्यू, विष्फोटमा २०७ को मृत्यु, शंकास्पद सातजना नियन्त्रणमा

<span class='c1'>श्रीलंकामा कर्फ्यू, विष्फोटमा २०७ को</span> <span class='c2'>मृत्यु, शंकास्पद सातजना नियन्त्रणमा</span>

एजेन्सी, ८ वैशाख ।  श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ।

विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

विभिन्न आठ ठाउँमा भएको विष्फोटमा खासगरी होटल र चर्चलाई निशाना बनाइएको छ। विष्फोटमा ३५ जना विदेशी नागरिक समेत मारिएकाे समेत बताइएको छ। अहिलेसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन। प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरेको छ।

घटनाको अवस्थाको बारेमा जानकारी लिन श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंघेले मन्त्रीपरिषद्को आपतकालिन बैठक बोलाएका छन्।

यस्तै विष्फोटलाई मध्यनजर गर्दै प्रहरी र डाक्टरहरुकाे विदा रद्द गरिएको छ भने विदामा रहेका डाक्टर र नर्सहरुलाई ड्युटीमा बोलाइएको छ। साथै सरकारले सोमबार र मंगलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्