नेपाल–भारत सिमा जोगवनी नाका तीन दिनको लागि बन्द

नेपाल–भारत सिमा  जोगवनी नाका तीन दिनको लागि बन्द

विराटनगर, ८ चैत ।
नेपाल भारत सिमा क्षेत्र जोगवनी नाका आज रातिदेखि बन्द गरिएको छ । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा नाका बन्द भएको हो । दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भारतको निर्वाचनलाई लक्षित गर्दै सिमानाका सिल गरिएको जानकारी दिए । आईतवार साँझदेखि ७२ घण्टासम्मकोलागि मोरङका बिराटनगरको जोगवनी नाका सहितका अधिकांश नाकामा आवत जावतमा रोक लगाईएको छ । अत्याबस्यक काम बाहेक कुनै पनि ब्यक्तिले आउ जाउ गर्न नपाउने गरी सिमा सिल भएको पाण्डेले बताए । बिहारमा हुने निर्वाचनलाई मध्यनजर राख्दै अबैध काम हुने भन्दै दोहोरो सिमा सिल गर्ने परम्परा अनुसार सिमा नाका बन्द गराईएको हो ।
अब निर्वाचन सम्पन्न नहुँदासम्मको लागि कसैले पनि आउजाउ गर्न नपाउने भएका छन् । तर सिमानाका बन्द गर्नु पुर्ब आम नागरिकलाई भने जानकारी दिईएको पाईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्