बझाङमा जन्ती बोकेको जिप दुर्घटना, बाग्लुङमा पनि जन्ती बोकेकै बस दुर्घटना

बझाङमा जन्ती बोकेको जिप दुर्घटना, बाग्लुङमा पनि जन्ती बोकेकै बस दुर्घटना

काठमाडौं,  ८ वैशाख। बझाङको खप्तड छान्ना गाउँपालिका बाँसपाटामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

से१ज ७१८ नम्बरको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–४ का ६० वर्षीय बासुदेब जोशी छन् । पानी परेको अवस्थामा जिप सडकबाट करिब १५ मिटर तल खसेको स्थानीयले बताएका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल बझाङमा उपाचार भइरहेको स्थानीय केशवराज जोशीले जानकारी दिए ।

उता, बागलुङको घोडाबाँधेमा पनि जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ताराखोला गाउँपालिका माझखर्कबाट काठेखोला गाउँपालिका लेखानीतर्फ जाँदै गरेको ध१ख ४६८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनाबाट काठेखोला गाउँपालिकाका गंगाबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनाबाट ३ जना गम्भीर घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्