सुजुकी फोर ह्वीलरको नेपालका लागि तेस्रो पुस्ताको वागन आर बजारमा

सुजुकी फोर ह्वीलरको नेपालका लागि तेस्रो पुस्ताको वागन आर बजारमा

विराटनगर, ९ वैशाख । सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिरिक विक्रेता सिजि मोटोकर्प तथा कपुरी ब्रर्दस विराटनगरले तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ ।
नयाँ ठूलो वागन आरको बोल्ड डिजाईनले ग्राहकलाई सहजै प्रभावित गर्नेगरी सुधारिएको स्पेस, कम्र्फोट , नयाँ जमानाको ईन्फोटेनमेन्ट सिस्टम रहेको कम्पनीले जनाएको छ ।
अत्याधुनिकको सिरिजले ईन्जिन ईन्धन किफायत गर्नुको साथै गाडी चलाउदा छुटै जिवन्त अनुभव प्रदान गर्ने समेत जनाएको छ ।
५ औ पुस्ताको नया वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्नेछ सिजि मोटोकर्पका विराटनगरका ब्रान्च मेनेजर सुजन शर्माले जानकारी दिए ।
यसमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग भएकाले आफैमा बलियो, सुरक्षित आवाज, थर्कावट र हार्सनेस कम रहेको शर्माले जानकारी दिए । उच्च कार्यप्रदर्शनका लागि यसममा १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एलको ईन्जिन रहेको छ । यसले २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ किलोमिटर प्रति लिटर यात्रा गर्न सकिन्छ । यसको मुल्य २४ लाखदेखि २७ लाखसम्म रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्