विराटनगरमा ६० सेकेन्डको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने , प्रवेश निशुल्क

विराटनगरमा ६० सेकेन्डको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने , प्रवेश निशुल्क

विराटनगर बैशाख ९, विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल हुने भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजन साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

विराटनगर भृकुटी मार्गमा रहेको मेरिल्याण्ड कलेजमा बैशाख १२ गते हुन लागेको उक्त कार्यक्रममा विभिन्न विधाका ६० सेकेन्डका फिल्म देखाइने आयोजक क्षितिज खनालले जानकारी दिए ।

दिउँसो ३ बजेबाट उक्त कार्यक्रम सुरु हुने साथै कार्यक्रममा सामेल हुन कुनै शुल्क नलाग्ने पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्