नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो, सूची आज सार्वजनिक गरिने

नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो, सूची आज सार्वजनिक गरिने

काठमाडौँ, वैशाख ९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सोमबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा जिल्ला कमिटीको घोषणा गर्ने उहाँले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “लामो समयदेखि सांगठनिक एकीकरण प्रक्रिया टुङ्गो लागिरहेको थिएन, आइतबार बसेको सचिवालयको बैठकले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । सूची आज  सार्वजनिक गरिनेछ ।”

CPN-Party-office
पार्टीको जनवर्गीय संगठन, विभागको एकीकरण पछि टुङ्गो लगाउने सहमति भएको बताउँदै प्रवक्ता श्रेष्ठले एक दुई दिनमा पार्टी पोलिटब्युरोको टुङ्गो लगाएर केन्द्रीय समितिको बाँडफाँट गर्ने सहमति भएका जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले भन्नुभयो, “छिट्टै केही दिन भित्रमा पोलिटब्युरोको गठन गरी, सबै केन्द्रीय समितिका सदस्यको कार्यविभाजन गरिनेछ ।” पोलिटब्युरोमा केन्द्रीय समितिको एकतिहाइ सदस्य राख्ने प्रावधान छ ।
यसअघि गठन भएको प्रदेश कमिटीमा रहेको विवादबारे राखेको जिज्ञासामा उहाँले बैठकमा कुनै छलफल नभएको बताउँदै स्थायी समितिको निर्देशन बमोजिम दुईजना अध्यक्षले केही सरसल्लाह गर्नुभएको होला र त्यसको विषयमा पछि छलफल गरिने बताउनुभयो ।

प्रदेश कमिटी गठन भएपछि सचिवालयका सदस्य माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले आपत्ति जनाउनुभएको थियो । त्यसपछि गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन भएको कार्यदलले प्रदेश विवादबारे पनि टुङ्गो लगाउने एजेण्डा सचिवालयको बैठकले दिएको थियो तर कार्यदलले पूर्ण विवरणसहितको प्रतिवेदन नबुझाएपछि त्यसको टुङ्गो लगाउने जिम्मेवारी पनि सचिवालयलाई नै दिइएको छ ।
पार्टीको तल्लो तहसम्मको एकीकरण टुङ्गो लगाउने जिम्मेवारी पाएका सचिवालयमा यसको बारेमा पटक पटक छलफल भएको छ । खासगरि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस विषयमा गम्भीर रुपले छलफल गरेपछि जिल्ला कमिटीको टुङ्गो लागेको हो ।

चैत २८ गते यसै विषयमा छलफल गर्न अध्यक्षद्वय ओली र प्रचण्ड चन्द्रागिरीमा आवासीय बैठक गर्नुभएको थियो । साथमा सचिवालय सदस्य एवं गृहमन्त्री थापा र महासचिव विष्णु पौडेललाई पनि राख्नुभएका थियो ।
चन्द्रागिरीबाट फर्केपछि त्यसको भोलीपल्ट अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग छलफल गर्नुभएको थियो । आइतवार विहान पनि अध्यक्षद्वयले नेता नेपाल, खनाल र विष्णु पौडेलसँग छलफल गर्नुभएको थियो ।

उहाँहरुसँग छलफलपछि साँझ सचिवालयको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो । स्रोतका अनुसार जिल्लामा ४०÷६० को आधारमा भागबाण्डा गरेको छ । तत्कालिन तत्कालिन नेकपा (एमाले) ले ४७ र नेकपा (माओवादी केन्द्र) ३० जिल्लामा नेतृत्व पाएको स्रोतको दावी छ । एकताका लागि तयार पारिएको कार्यविधि अनुसार अध्यक्ष एउटा पार्टीले पाउनेछ भने सचिव अर्को पार्टीले पाउनेछ । जिल्ला कमिटीमा पनि त्यही मापदण्ड लागु भएको बताइएको छ ।
गत जेठ ३ गते दुई दलबीच एकीकरण घोषणा भएपछि तीन महिनाभित्र सबै एकीकरण प्रक्रिया टुङ्गो लगाउने सहमति भएको थियो । तर ११ महिना वितिसक्दा पनि एकताले पूर्णता पाएको छैन । केन्द्रीय कार्य समितिको टुङ्गो लागेको छ । त्यसबाहेक सचिवाल र स्थायी समितिको पनि टुङ्गो लागिसकेको छ ।

असोज ५ गते प्रदेश कमिटीको पनि टुङ्गो लगाइसकेको छ । त्यसको आठ महिनापछि जिल्ला कमिटीको टुङ्गो लागेको छ । अब स्थानीय तह, जनवर्गीय संगठनको मात्र टुङ्गो लगाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्