प्रदेश नम्बर १ः तराई ,पहाडी र हिमाली जिल्लाहरु धमाधम जोडिदै, सडक सञ्जाल विस्तार हुदै

प्रदेश नम्बर १ः तराई ,पहाडी र हिमाली जिल्लाहरु धमाधम जोडिदै, सडक सञ्जाल विस्तार हुदै

कबिराज घिमिरे

धनकुटा । तराईका जिल्लासँग एक आपसमा पहिले देखि नै जोडिएका पूर्वी नेपालका पहाडी जिल्लाहरु अब हिमालसँग जोडिने भएका छन् ।

हिमाली जिल्ला पहाडसँग भने हाल जोडिने क्रममा रहेका छन् । मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके, मुलघाट–त्रीभेणि, तमोर काबेली करीडोर लगायतका सडक सञ्जालमार्फत हिमालसँग जोडिन लागेको हो ।

भर्खरै मात्रै ट्रयाक खोल्ने काम पुरा भएका यी सडक स्तरोन्नतीको चरणमा रहेका छन् । यि सडक निर्माण नहुँदा प्रदेश एकको एउटा पहाडी तथा हिमाली जिल्लावाट पहाडी तथा हिमाली जिल्लासम्म पुग्न तराई हुँदै घुमाउरो बाटो प्रयोग गरि घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता छ ।

पूर्वी पहाड र हिमालका जिल्ला एक आपसमा जोडिने गरि सडकको ट्रयाक खोन्ने काम गरिए पनि स्तरोन्नती पूरा नहँुदा सडक पुर्ण रुपमा संचालनमा आउन सकेको छैन । तथापी साना र प्राइभेट गाडि भने तिनै सडकका सञ्चालन हुने गरेका छन् ।

अहिले मध्य पहाडी सडकको बिभिन्न बिभिन्न खण्ड कालोपत्रे गर्ने क्रममा छ । यता तमोर काबेली करिडोर ग्राबेलको क्रममा रहेको छ । भेडेटार–राजारानी रबि–राके सडक खण्डको कालोपत्रे सुरु भएका छ । स्तरोन्नती गरि सडक सञ्चालनमा ल्याउन सके प्रदेश एकका एक पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लासंग पुग्न तराई पुग्नुपर्दैन

यतिमात्र होइन यी मार्गको बिकासपछि कृषिसंगै पहाडी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको समेत प्रवद्र्धन गर्न मद्दत मिल्ने देखिन्छ । तमोर काबेली करिडोरको निर्माण पछि चतारा, बराह क्षेत्र र पाथिभारा एकआपसमा जोडिने छन् । जसले धार्मिक पर्यटनमा टेवा पुग्छ ।

त्यस्तै भेडेटार रबिराके सडकले पुर्बका पर्यटकिय स्थल भेडेटार राजारानी मिक्लाजुङ्ग क्षेत्र आदि जोड्ने छ । इलामबाट समेत पहाडै पहाड हुँदै भेडेटारसम्म पुग्न सकिन्छ । यो मार्ग पर्यटकीय मार्गको रुपमा बिकास हुने हाटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् ।

‘पूर्वी नेपाल छिरेका पर्यटक पहाडको एक पर्यटकिय स्थलवाटबाट अर्को पहाडि पर्यटकिय स्थल पुग्न चाहन्छन् तर सडकको बिकास नहुँदा यो सम्भब थिएन अब भने यि मार्गले उनीहरुको चाहना पुरा गर्ने छ‘ राईले भने ।

यता मध्यपहाडी राजमार्गले ताप्लेजुङ्ग, पाँचथर, तेह्थुम, धनकुटा, भोजपुर, खोटाङ्ग लगायत जिल्लाका पर्यटकीय स्थल एकआपसमा जोड्ने र पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने पर्यटन पूर्वाधार बिकास संस्था धनकुटाका अध्यक्ष खगेन्द्र बिष्ट बताउँछन् ।

यी जिल्लामा तिम्बु पोखरी, ह्यातुङ्ग झरना, तिनजुरे मिल्के जलजले, टेम्के डाँडा, साल्पा पोखरी लगायत दर्जनौ महत्वपूर्ण पर्यटकिय स्थल रहेका छन् । यी सबै पर्यटकीय स्थललाई एक आपसमा जोडेर पर्यटन प्रबद्र्धन गर्न सकिन्छ ।

यता पहाडी जिल्लामा उत्पादन भएका कृषि जन्य उत्पादनलाइ तराइ सम्म पुर्याउन समेत बाटोको दुरी कम हुने स्थानीय बताउँछन् । जसले कृषिजन्य उत्पादन होस् वा उद्योगवाट उत्पादन भएको दैनिक उपभोग्य सामाग्री र ढुवानी लागत समेत कम पर्न जाने ब्यवसायीहरु बताउँछन् ।

धनकुटाको मुलघाटदेखि तमोर नदिको किनारै किनार करिव १ सय ८० किलोमिटर तथा विराटनगरको रानी भन्सारवाट चाइना वोर्डरसम्मको लम्वाई २ सय ७० किलोमिटर छ । यो भारत देखि चीन सिमाना जोड्ने सबैभन्दा छोटो मार्ग समेत हो । यो सडकको निर्माणपछि पुर्बि नेपालको ब्यापार समेत अझ फस्टाउने स्थानियको बुझाइ छ ।

प्रदेश एकको मध्य भागमा रहेको धनकुटालाई आधार मान्ने हो भने हाल यहाँसम्म पुग्न तराईको बाटो हुँदै ताप्लेजुङ्गवाट ३७८ किलो मिटर पार गर्नुपर्छ । यो बाटो हँुदै पाँचथर,  इलाम, झापा, मोरङ्ग, सुनसरी हँुदै धनकुटा पुग्नुपर्छ ।

तर मध्यपहाडी लोकमार्ग हुँदै ताप्लेजुङ्गवाट धनकुटासम्म आउन २४९ तथा तमोर काबेली करीडोर हुँदै करिब दुइसय किलोमिटर पछि धनकुटा पुग्न सकिन्छ ।

पाँचथरवाट तराइ हुँदै २८४, पाँचथरवाट १६३ तथा तमोर काबेली करिडोर हुँदै करिब एक सय किलोमिटर मात्र यात्रा तय गरे पुग्छ ।  इलामवाट तराई हुँदै २२५, सोलुखुम्वुवाट ३६१, ओखलढुङ्गाबाट ३१२ र खोटाङ्गवाट ३५३ किलोमिटरको यात्रा तय गर्नु पर्ने बाध्यता छ ।

तर मध्यपहाडी वा अन्य राजमार्ग हुँदै इलामवाट १५०, सोलुखुम्वुबाट ३४४, ओखलढुङ्गाबाट २९० र खोटाङ्गवाट १८५ किलोमिटरको यात्रा गरेपछि धनकुटा सम्मपुग्न सकिन्छ ।

यी मार्गको बिकास र विस्तारपछि धनकुटालाई मात्र होइन पूर्वी तराईका ठुला बिराटनगर, ईटहरी, धरान, लगायतका वजारसंग पनि पहाडी जिल्ला नजिक हुने र ब्यापार प्रबद्र्धन समेत गर्न सजिलो हुने उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे बताउँछन् ।

-इमेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्