भिडियो अपडेट: रिना बस्नेतको हत्यारालाई कारबाहीको माग गर्दै पथरीमा एक घन्टा चक्का जाम

भिडियो अपडेट: रिना बस्नेतको हत्यारालाई कारबाहीको माग गर्दै पथरीमा एक घन्टा चक्का जाम

प्रेम देवान
विराटनगर ९ वैसाख । मोरङको पथरीमा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाद्धारा प्रहरीबिरुद्ध आज प्रर्दशन गरेका छन् ।

सडक जाम गरिएको भिडियो;

https://www.facebook.com/ourbrt/videos/402023293710877/

रिनाको हत्या भएको भन्दै हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै पूर्व पस्चिम राजमार्गमा केहीबेर चक्का जाम समेत गरेका थिए । मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सडकमा उत्रिएर नारावाजी गरेका थिए ।
सडकमा टायर बालेर प्रहरी बिरुद्ध उनीहरुले नाराबाजी समेत गरेका थिए ।सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच केहीबेर झडप समेत भएको थियो । दिउसो २ बजेदेखि ३ बजे सम्म प्रर्दशन गरेर सडक जाम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्