विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुले अनाधिकृत रुपमा पैसा अशुली गरेको भन्दै अभिभावक संघको आपत्ती

विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुले अनाधिकृत रुपमा पैसा अशुली गरेको भन्दै अभिभावक संघको आपत्ती

विराटनगर ९ वैसाख । महानगरभित्रका निजी तथा सामुदयिक विद्यालयले अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ आपत्ती जनाएको छ ।
आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि तथा सामुदायिक विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विभिन्न सरोकारवाला संघ सस्थालाई ज्ञापन पत्र बुझाएको छ । संघले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, र जिल्ला प्रशासन कार्यलय मोरङ, सघिय शिक्षा मन्त्री, राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले महानगर शिक्षा शाखा र शुल्क निर्धारण समितिले गरेका निर्णय सार्वजनिक गरि शिक्षा ऐन अनुशारको समिति गठन गर्नुपर्ने, बृद्धि गरिएको शुल्क अविलम्व फिर्ता गर्नुपर्ने, अंग्रेजी माध्यमका नाममा सामुदायिक विद्यालयले अभिभावकबाट असुल गरेको रकम फिर्ता गर्नुपर्ने र स्थानान्तरण प्रमाण पत्र विना भर्ना गरिएका विद्यार्थी संवन्धित विद्यालयमै फिर्ता हुनुपर्ने माग गरेको छ ।
ज्ञापन पत्रमा प्रदेश, जिल्ला , महानगर र गाउँपालिकाका अभिभावक संघका प्रतिनिधिको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्