विराटनगरको न्यूरो हस्पिटल र एनआईसी एशिया बैंक विच सम्झौता

विराटनगरको न्यूरो हस्पिटल र एनआईसी एशिया बैंक विच सम्झौता

विराटनगर ९ बैशाख । एनआईसी एशिया बैंक र न्यूरो हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम्म छुट पाउने न्यूरो अस्पतालले जनाएको छ । न्यूरो अस्पतालले यस अघि पनि बिराटनगरको ग्लोबल आइ एम इ बैंक, सनराइज बैक, नेपाल पत्रकार महासंघ मोरङ शाखा, मेट लाइफ इन्सोरेन्स लगायतका दर्जनौं संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्