श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा डाक्टर जेल चलान

<span class='c1'>श्रीमतीलाई कुटपिट गरी हत्या गरेको</span> <span class='c2'>अभियोगमा डाक्टर जेल चलान</span>

वीरगन्ज, १० बैशाख । श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ ।

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले डाक्टर यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।पर्सा जिल्ला अदालतका न्याधीस चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको हो ।

डा. यादवको कुटाइबाट सिकिस्त भएकी सुनिता यादवको उपचारको क्रममा गत चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

मृतक सुनिताको माइती पक्षले दाइजो नदिएकोमा सुनितालाई, श्रीमान सहितका सासु ससुराले गत चैत्र ६ गते राति कुटपिट गरी गम्भिर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्