१ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन, सबैभन्दा बढी ताप्लेजुङमा

<span class='c1'>१  नम्बर प्रदेशमा २०५ नाल</span> <span class='c2'>हतियार संकलन, सबैभन्दा बढी ताप्लेजुङमा</span>

विराटनगर, १० बैशाख । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो ।

नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसंग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाँकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् ।  संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक रहेका छन्  ।

यसैगरी एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल मात्र रहेका छन् । १ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ ।

ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसंग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् ।  यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल,  मोरङमा १५ नाल, ईलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् ।

बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्