रिना घटना : घटनाको बास्तविकता पत्ता लगाउन माग गर्दै पथरीमा आन्दोलन

रिना घटना : घटनाको बास्तविकता पत्ता लगाउन माग गर्दै  पथरीमा आन्दोलन

पथरी, १० वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गर्दै चक्काजाम  फिर्ता लिएका  थिए ।

मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग बाणिज्य संघ पथरीकी पुर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनु पर्ने माग राख्दै पथरी बजारबासी आन्दाेलित भएका हुन् । दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय  र सडकमा उत्रिएका हुन । सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन् ।

बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत  अबरुद्ध भएको छ ।  सोमबार उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाए सँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजेकाे उनीहरुकाे आराेप छ ।  आन्दोलित स्थानियले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडक खण्ड अबरुद्द गर्दै नाराबाजी गरेका छन् ।   इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा समेत माग गरेका छन् ।

आक्रोशित भिडले हत्यारालाई कार्बाही,  शान्ती सुरक्षा कायम , प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरेका छन् । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रुपा बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन । आन्दाेलनरत पक्षले पथरी नगरपालिकाका मेयर र उपमेयरलाई  कार्यालयबाट निकाल्दै आन्दाेनलमा हाेमिन आग्रह गरेका छन् ।  मेयर दिलिप राई र उपमेयर  यमुना बिष्ठले कार्यालय परिसरमै आन्दाेलनलाई सम्बाेधन गरेका छन् । पथरीमा यातायत तथा पसलहरु बन्द गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्