तनावकाे ६ घण्टा पछि पथरी बजार खुल्यो, वार्ताका लागि समिति बनाउने समहती

तनावकाे  ६ घण्टा पछि  पथरी बजार खुल्यो, वार्ताका लागि समिति बनाउने समहती

विराटनगर, ९ बैशाख । दिनभर तनावग्रीत बनेको मोरङको पथरी शनिस्चिरे नगरपालिकामा रहेको पथरी बजार दिउँसो देखि सामान्य बन्दै गएको छ ।

शनिवार हत्या गरिएकी रीना बस्नेतको घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरी बिच पटक झडप भएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेपछि समस्या जटिल बनेको थियो । झडपका क्रममा पाँच जना घाइते पनि भए । घाईते २ जनाको स्थानिय पथरी हस्पिटलमा उपचार भईरहेको र ३ जनालाई बिराटनगर ल्याईएको छ । घटनाको सत्य तथ्य छानबिनका लागि वार्ता टोली बन्ने भए पछि आन्दोलनरत स्थानीयले तत्काल आन्दोलन स्थगन गरेका छन् ।

नगर प्रमुख दीलिपकुमार राइले सम्बोधन गर्दै सबैलाई समेटेर बार्ता समिति बनाउने बताए । आन्दोलनकारीलाई सम्बोधन गर्दै मेयर राईल्े संघर्षरत पक्ष , नगर पालिका र प्रहरी प्रशासनबिच वार्ता गर्ने टोली गठन गर्ने भन्ने बारे सहमती गरेको जानकारी दिए । मेयरले गरेको सम्बोधन पछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेको राजमार्ग खुलाएका छन् ।

प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भईरहेको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा समस्या थप बल्झिएको थियो । अहिले पथरीको अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्