विराटनगर महानगरपालिका बालबालिका पुर्ण बिद्यालय ल्याउने अभियानमा

<span class='c1'>विराटनगर महानगरपालिका बालबालिका पुर्ण</span> <span class='c2'>बिद्यालय ल्याउने अभियानमा</span>

विराटनगर, १० बैशाख ।
विराटनगर महानगरले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन विराटनगर महानगरपालिकाले नगरस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार महानगरमा आयोजित कार्यक्रममा नगर भित्रका विद्यालयका प्राध्यानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले ज्ञानको ज्योति बाल्ने महान अभियानमा आ–आफ्नो स्थानबाट सरिक हुन आग्रह गरे । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न महानगरका सवै संयन्त्र प्रयोग गरिने मेयर पराजुलीले बताए ।
अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधि ,पत्रकार सहित सवैको भुमिका आवश्यक रहने पराजुलीको भनाइ छ ।
सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियान अन्तरगत आफुले काम गरिरहेको उनले सुनाए । शिक्षा परिवर्तन महानगरको पहिलो प्राथमिकता भएको भन्दै पराजुलीले प्रविधिक ,समय सुहाउदो र नैतिकता सहितको शिक्षा प्रणाली लागुगर्ने लक्ष्यका साथ महानगर लागिरहेको बताए ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले शैक्षिक सत्र २०७६ का लागि विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिने बताए । कार्यक्रममा अभिभावक संघ प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी,शिक्षा शाखा उपसचिव दुर्गाप्रसाद खतिवडा, अभिभावक पिताम्बर दाहाल,वार्ड नं.१ का वडाध्यक्ष उद्धव अर्याल लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्