काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । २०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् ।
भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।