विराटनगर, ११ बैशाख ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ४ ईक्राईमा रहेको केशलिया खोलामा अबैध उत्खनन् भएको समाचार आएपछि भोलीपल्ट मंगलवार ट्याक्टरको भागाभाग भएको छ ।
उत्खनन्का कारण सिँगिया खोलाको पुल जोखिममा परेको भन्दै स्थनीयले त्यसको आवाज पटक पटक उठाउँदै आएपनि ठेकेदारको नाममा धम्की दिने र थर्काउने समेतका हुँदै आएको थियो । मंगलवार दिउँसो त्यहाँ पुगेको आवरबिराटनगरको टोलीले ट्याक्टरको भागाभाग भएको फेला पारेको छ ।
केशलिया खोलामा मापदण्ड भन्दा बाहिर गएर अबैध उत्खनन्का कारण बिराटनगरको बजार नै जोखिममा पार्ने खतरा छ। गत बर्षको बाढी गाउँ पस्दा बिराटनगरका ५ हजार बढी घरहरु डुबेका थिए । भोलीको प्रकोप भुलेर मनपरी उत्खनन् हुँदा समेत महानगरपालिकाको ध्यान गएको थिएन ।
भिडियाे रिपाेर्ट
https://www.facebook.com/ourbrt/videos/2283393981727463/