१२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश

१२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश

काठमाडौं, ११ बैशाख । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो ।

पहिलाे भूकम्प धादिङको नैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको  गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।  थप जानकारी आउने क्रममा रहेको छ ।

०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा लगातार दुई वटा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् ।

भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्