‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने नाराका आज विश्वभर शिक्षा सप्ताह मनाइँदै

<span class='c1'>‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने</span> <span class='c2'>नाराका आज विश्वभर शिक्षा सप्ताह मनाइँदै</span>

काठमाडौँ, वैशाख ११ गते । ‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने नाराका साथ बुधबारबाट विश्वभर शिक्षा सप्ताह मनाइँदैछ ।
शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्न तत्काल नियमावली तयार गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग पूरा गराउन पैरवी गरिने सरोकारवालाले जनाएका छन् ।

शिक्षा क्षेत्रमा कार्यरत झण्डै साढे तीन सय संस्था आवद्ध शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्गलबार पत्रकार सम्मेलनमार्फत दबाबका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ । संस्थाका अध्यक्ष कुमार भट्टराईले सामुदायिक विद्यालयमा प्रतिविद्यार्थी वार्षिक तीन हजार ६०२ रुपियाँ सरकारी लगानी रहेको जबकी निजी विद्यालयमा प्रतिविद्यार्थी १७ हजार ३३६ रुपियाँ अभिभावकको लगानी रहेको बताउँदै शिक्षामा लगानी वृद्धि नगरेसम्म आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्