आज तेह्रौं लोकतन्त्र दिवस , व्यवहारमा लोकतान्त्रिक चरित्र नदेखिदा नागरिकका सपना अझै अधुरा

आज तेह्रौं लोकतन्त्र दिवस , व्यवहारमा लोकतान्त्रिक चरित्र नदेखिदा नागरिकका सपना अझै अधुरा

आज तेह्रौं लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२\६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो ।

लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्म्निरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् ।

दपरिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्