प्रदेश-१ मा प्राज्ञिक संस्था गठन गर्न सुझाव, ४६ बुँदे सिफारिस

<span class='c1'>प्रदेश-१ मा प्राज्ञिक संस्था गठन</span> <span class='c2'>गर्न सुझाव, ४६ बुँदे सिफारिस</span>

विराटनगर, ११ बैशाख ।  प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ।

कार्यदलले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ। सो क्रममा समाजिक विकास मन्त्री जीवन घिमिरेले सुझावप्रति मन्त्रालय सकारात्मक रहेको बताएका थिए।

मन्त्री घिमिरेले प्रदेश एकको भाषा साहित्य नीति, ऐन, कानुन, संरचना विषयको निरुपणका लागि कार्यदल गठन गरि अध्ययन गरिएको बताए। सो प्रतिवेदन प्रदेशसंगै सिंगो मुलुकको कला, साहित्य र संस्कृति लागि मार्गदर्शक हुने मन्त्री घिमिरेको भनाइ छ।

प्रतिवेदन बुझाउदै कार्यदल संयोजक प्रा.डा. टंक न्यौपानेले प्रदेशमा बोलिने केही भाषा लोप हुनेमा चिन्ता व्यक्त गरेका थिए। मन्त्री घिमिरे समक्ष उनले लोप हुन लागेको भाषाका लागि प्रदेशमा भाषिक सर्वेक्षण सुरु गर्न समेत सुझाव दिएका थिए।

त्यसैगरि, कार्यदलले प्रदेशको एकिकृत प्राज्ञिक संस्थाको लागि तीनवटा नाम सिफारिस गरेको छ। प्रा.डा. न्यौपानेसहित १३ सदस्यीय कार्यदलले प्रदेशको एकिकृत प्राज्ञिक संस्थाको नाममा प्रादेशिक ज्ञानपीठ, भाषा, साहित्य कला, तथा संस्कृतिक प्रतिष्ठान र प्रादेशिक प्रज्ञा प्रतिष्ठानमा एक राख्न सुझाव दिएका छन्। कार्यदलले एकसय पृष्ठको प्रतिवेदनमार्फत सामाजिक विकास मन्त्रालयलाई ४६ सुत्रिय सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्