उर्लाबारीको कार्यपालिका बैठक निर्णय विहिन, दुई करोड ५० लाख फ्रिज हुने खतरा

उर्लाबारीको कार्यपालिका बैठक  निर्णय विहिन,  दुई करोड ५० लाख  फ्रिज हुने खतरा

विराटनगर, १२ बैशाख । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकले निश्कर्ष निकाल्न नसकेकाे हाे ।

म‌ङ्गलवार र बुधवार   दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापालिकाका आ–आफ््ना पकडका व्यक्तिहरु राख्न नेकपा पक्ष र नेपाली काङ्ग्रेस पक्षविच सहमति नहुदा बैठक हुन नसकेको हो ।
उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ अनुसार कार्यापालिकाका एक जना सदस्य राख्नु पर्ने नियम अनुसार कार्यपालिकाका एक जना सदस्य राख्ने विषयमा विवाद भएको नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए ।
समिति निर्माणमा विवादसँगै विकास निर्माणको करिव दुई करोड ५० लाख बजेट फ्रिज हुने सम्भावना बढेको छ । नियम अनुसार बैशाख १५ गते भित्र उपभोक्ता समिति गठन गरि काम शुरु गर्नु पर्ने हुन्छ । तर उर्लाबारी नगरपालिकामा ११ गतेसम्म उपभोक्ता समिति गठनमा सहमति जुट्न सकेको छैन ।
आज पुन बैठक बसी सहमति खोजीले मेयर फागोले जानकारी दिए । मेयर नेपाली काङ्ग्रेसबाट निर्वाचित भए पछि कार्यापालिकामा अधिकांश नेकपाको सहभागिता भएका कारण सहमति हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्