कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

सप्तरी, १२ बैशाख। सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् ।

स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा  खाेजी गरिरहेका छन् ।

खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै भेटिएन, आरतीका बुबा विष्णुदेवले भने, ‘घरबाट निस्केको यतिका दिन भयो, कसैको सम्पर्कमा पनि छैन । अब कहाँ जाउँ  ?’

कठौना बजार कपडा किन्न जान्छु भनेर चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्किएपछि घरमा चुलो बल्न छोडेको आरतीका दाजु कृष्ण कुमार सरदारले बताए । उनले बहिनीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, मानव अधिकारकर्मी, प्रहरी प्रशासनलगायतलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्