एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस

एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस

काठमाडौं, १२ बैशाख । गएको एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस भएका छन् ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् ।

उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ रेक्टर स्केल रहेको जनाएको छ । बुधबार मात्र धादिङलाई केन्द्रविन्दु बनाएर तीन पटक भूकम्पको धक्का मशसुस गरिएको थियो ।

विं सं. २०७२ सालमा गएको गोरखा भूकम्पको विहीबार चार वर्ष पूरा हुँदैछ । चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको अझै पुनर्निर्माण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्