ओबी समाचार प्रभाब:बिराटनगरको केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

ओबी समाचार प्रभाब:बिराटनगरको केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

बिराटनगर , वैशाख १२।

विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बिहीवार स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

बिहान पौने ९ बजे सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटर सहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीको लागि बिराटनगर महानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस विषयमा आवर बिराटनगरले समेत समाचार सम्प्रेषण गरेको थियो ।

यस्तो थए समाचार :

https://ourbiratnagar.net/2019/04/83337

 

https://ourbiratnagar.net/2019/04/83232

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्