प्रदेश १ सभा सचिवालयको सचिवमा गोपाल पराजुली नियुक्त, सभामुखले खुवाए सपथ

प्रदेश १ सभा सचिवालयको सचिवमा गोपाल पराजुली नियुक्त, सभामुखले खुवाए सपथ

विराटनगर, १२ बैशाख ।
विराटनगर, १२ बैशाख । प्रदेश न.१ कोे प्रदेश सभा सचिवालयको सचिव पदमा नियुक्त भएका गोपाल पराजुलीलाई पद तथा गोपनिययताको सपथ गराईएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा काम गरिरहेका पराजुलीले निजामती सेवाबाट राजिनामा दिएलगत्तै उनलाई प्रदेश सभा सचिवमा नियुक्त गरिएको हो । बिहिवार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
पराजुली उमेर हदका कारण भदौमा हुन लागेका थिए । प्रदेशको सचिवालय सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक संसदबाट पारित भएलगतै राजिनामा दिएका पराजुलीलाई प्रदेश सभा सचिवालयमा नियुक्त गरिएको हो ।

सभामुख प्रदिप भण्डारीको सिफारिमा प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले उनलाई नियुक्ती गरेका थिए । प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका पराजुली गृह र स्थानीय निकायका काबुल प्रशासक मानिन्छन । उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय बिकास अधिकारी भैसकेका छन ।
नियुक्ति पाएका पराजुली प्रदेशका प्रमुख सचिव सरहको सेवा सुबिधा पाउने गरी ५ बर्षकोलागि नियुक्त भएका हुन् ।
पराजुलीले प्रदेश सभा र सचिवालयको बार्षिक बजेट तयार गर्ने , आर्थिक , प्रशासनिक सम्वन्धि आवश्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वयको जिम्मेवारीमा छन् । सभामुखले प्रदेश सभामा १ जना सचिव नियुक्त गर्न पाउने संविधानमै व्यवस्था भएअनुसार सचिवालयको सचिवमा पराजुलीलाई नियुक्त गरिएको हो ।
सपथ ग्रहरण गराउँदै १ नम्बर प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले अब प्रदेश सभालाई कसरी गति दिने र ब्यवस्थित गर्ने भन्ने दायित्व सचिवमा आएको स्पष्ट पारे । कानुनले ब्यवस्था गरेको अधिकार भित्र रहेर सचिवले कार्य सम्पादन गर्ने ब्यवस्था भएकोले अब प्रदेश सभा सचिवालयले पुर्णता पाएको बताए । सरकारका प्रवक्ता हिक्मतकुमार कार्की, प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोईराला लगायतले प्रदेश सभा सचिवालयले अनुभवी ब्यक्ति प्राप्त गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्