विराटनगरको न्यूरो अस्पतालमा पक्षघात भएका बिरामीको उपचार सफल

विराटनगरको न्यूरो अस्पतालमा पक्षघात भएका बिरामीको उपचार सफल

विराटनगर, १२ बैशाख ।
विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले इन्डो भ्यास्कुलर पद्धतिद्वारा अपूर्ण पक्षघात हुँदै पूर्ण पक्षघात (ट्रान्सिएन्ट इस्केमिक एट्याक ) भएका बिरामीलाई बचाउन सफल भएको छ ।

छिमेकी राष्ट्र भारतको फारबिसगंजका ५६ बर्षिय सुरेश गुप्तालाई शरिरको दाहिने भागमा अपूर्ण प्यारालासिस (ट्रान्सिएन्ट आइकेमिक एट्याक ) भएको थियो । उनलाई न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर सामर्थ सिहंले उपचार गरि पूर्ण पक्षघात हुनबाट बचाएका हुन् । बिरामी गुप्ता न त बोल्न नै सक्थे न त शरिरको दाहिने भाग नै चलाउन पाउँथे ।
उपचार पछि समयमै गुप्तालाई बिराटनगरको न्यूरो अस्पताल पु¥याएसंगै उनको सफल उपचार गरि पक्षघात हुनुबाट बचाउन सफल भएको हो ।
यता सफल उपचार पछि बिरामी सुरेश गुप्ताले न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंले आफूलाई नयाँ जीवन दिएकोमा खुसी ब्यक्त गरे ।
बिरामी गुप्ताको मस्तिस्कको बिभिन्न स—साना रक्तनली भित्र रगत जमेर रगत प्रवाह नै अवरुद्ध भएको अबस्था आएको चिकित्सक बताउँछन् । उक्त अवरुद्ध रक्तनलिलाई इन्ट्र आर्टिरिएल थ्रम्बोलाइसिस गरि जमेको रक्तनलिको रगतलाई पघालेर पुनः सुचारु गरिएको न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंले बताए ।
दाहिने भागको हात खुटटा चल्दै नचल्ने बिरामी सुरेश गुप्तालाई क्रमिक सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्