पथरीकी रिना मृत्यु बारेमा प्रहरीको धम्कीपुर्ण विज्ञप्ती, ‘मिडिया माथि निगरानी’

पथरीकी रिना मृत्यु बारेमा प्रहरीको धम्कीपुर्ण विज्ञप्ती, ‘मिडिया माथि निगरानी’

विराटनगर, १२ बैशाख ।
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै भम्कीपुर्ण बिज्ञप्ती जारी गरेको छ ।

अतिरन्जिथ हेडलाईन दिएर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भिर ध्यानआकर्षण भएको बिज्ञप्तीमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी घनश्याम श्रेष्ठको नाममा आएको विज्ञप्तीमा घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बिषयमा ‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शिर्षक राखी तथ्यहिन, कपोकल्पित र मनोगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धि मौलिक हकको समेत हनन् भएको उल्लेख छ । एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उदेश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्द गैरजिम्मेवार मिडिया माथि समेत निगरानी बढाईएको छ, विज्ञप्तीमा भनिएको छ ।
घटनास्थल क्षेत्रको सो समयको सिसिटिभि फुटेज प्रहरीले अनुसन्धान गरीरहेको र उक्त रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको प्रहरीले बिज्ञप्तीमा स्पष्ट पारेको जनाएकोछ ।
सिसिटिभि फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा बिहान करिब ५ बजेको समयमा उक्त स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
यो घटना पछि प्रहरीले मिडियाको नाम उल्लेख नगरेपनि अनलाईन मिडियालाई लक्षित गरि निगरानी गरिएको धम्कीपुर्ण विज्ञप्ती पछि नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले धम्कीपुर्ण अभिब्यक्तिहरुको बारेमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीसँग कुरा भईसकेकोले भोली बसेर के कुरा हो टुङ्ग्याईने उपाध्यक्ष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्