टुटलले  नेपालका सर्वसाधारणलाई ब्यापार गर्न सिकाउँदै, युवाकाे उल्लेख्य सहभागिता

टुटलले  नेपालका सर्वसाधारणलाई ब्यापार गर्न सिकाउँदै,  युवाकाे उल्लेख्य सहभागिता

बिराटनगर, १२ बैशाख । बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम होटल नमस्कारको प्रांगणमा सम्पन्न भएको छ । टुटलका सिइओ तथा फाउन्डर   सिक्षित भट्टसंग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा भट्टले आधा घण्टा आफ्नो व्यावसायिक अनुभब साटासाट गरेपश्च्यात प्रश्न उत्तर मार्फत सहभागीहरुको जिज्ञासा मेटाएका थिए l

उनले उद्यमशिलता आफुलाई व्यक्त गर्ने माध्यम भएको बताए । टुटल स्थापना गर्नु अगाडी आफुले १२ बर्ष देखि गर्दै आएको जागिर छाड्न मुख्य प्रेरणा अफुलाई व्यक्त गर्न र आफुले सोचेको समाज निर्माण गर्न खोजेको  उनको भनाइ थियो l टुटलले  नेपालका सर्वसाधारणलाई आवत-जावतको स्वतन्त्रता प्रदान गर्दैछ,  साथै दशाैँ हजार भन्दा धेरै मोटरसाइकल धनिलाई पनि रोजगार गर्दै आएकाे जनाईएकाे छ ।  अहिलेका युवालाई आफ्नो चाहना पछ्याउँन आग्रह गर्दै चुनौती र असफलता देखि पछि नहटी त्यसबाट पाठ सिकेर अघि बढ्दै  सुन्दर समाज निर्माण गर्न मद्दत पुर्याउनु  मुख्य उदेश्य रहेकाे जानकारी दिईएका थियाे ।

१२१ जनाले सहभागिता रहेकाे  कार्यक्रम बिकल्प एन अल्ट्रनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज  इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्