मौसम : आज नेपालको पूर्वी क्षेत्रका भू–भागहरुमा पानी पर्नै सम्भावना

<span class='c1'>मौसम : आज नेपालको पूर्वी</span> <span class='c2'>क्षेत्रका भू–भागहरुमा पानी पर्नै सम्भावना</span>

बिराटनगर बैशाख १३ , आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो ।

आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्य ठाँउको मौसम सामान्य रहे पनि पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।

त्यस्तै रातिको मौसम मुलुकको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्