प्रदेश १ को नाम र राजधानी : सत्तापक्षको प्रस्तावमा प्रतिपक्षले समर्थन गर्ला ?

प्रदेश १ को नाम र राजधानी : सत्तापक्षको प्रस्तावमा प्रतिपक्षले समर्थन गर्ला ?

विराटनगर, १३ बैशाख । प्रदेशको नाम र राजधानीसँगै बृहद विराट क्षेत्रको बिधेयक पास गर्ने बारेमा बसेको सर्बदलिय बैठकले २२ गते भित्रमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बिषयमा सहमती भएको छ ।

सर्बसम्मतबाट बृहद बिराटक्षेत्रको बिधेयक पारित गरेपछि मात्र प्रदेशको नाम र राजधानीमा प्रवेश गर्ने बारेमा पनि सहमती बनेको छ । त्यसका लागि १५ गते बृहद बिराट क्षेत्रको बिधेयक पारित गर्ने २२ गतेसम्ममा प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउने सहमती बनेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार नाम र राजधानी सकेसम्म दुबै टुङ्ग्याउने र नभए राजधानी मात्र पनि टुङ्ग्याएर अगाडी बढ्ने बारेमा पनि छलफल भएको थियो । मुख्यमन्त्री शेरधन राईले आब्हान गरेको सर्बदलिय बैठकमा नाम र राजधानीको प्रस्ताव सदनमा लैजाँदा सत्ता पक्षले प्रस्ताव ल्याए प्रतिपक्षले समर्थन गर्ने र प्रतिपक्षले प्रस्ताव ल्याए सत्ता पक्षले समर्थन गर्ने बारेमा पनि छलफल भएको प्रमुख सचेतक राजभण्डारीले बताए ।
बृहद बिराट क्षेत्रको बारेमा सांसदले सरकारको कडा आलोचना गरेपछि मुख्यमन्त्री राईले छलफल थालेका हुन् । बुधवार मात्र संसदीय दलको बैठक बोलाएका मुख्यमन्त्री राईले पहिलो चरणमा बृहद बिराट क्षेत्रको बिधेयक पास गरेपछि मात्र नाम र राजधानी ल्याउने तयारीमा देखिएका छन् ।
तर सरकारको तर्फबाट आएको प्रस्तावलाई कांग्रेस संसदीय दलले भने स्वीकार गरी सकेको छैन । नाम र राजधानीको बारेमा सत्ता पक्षले प्रस्ताव ल्याए प्रतिपक्षले समर्थन गर्ने र प्रतिपक्षले प्रस्ताव ल्याए सत्ता पक्षले समर्थन गर्ने भन्ने बारेमा मुख्यमन्त्रीबाट प्रस्तावको रुपमा आएपनि त्यो बिषय तत्काल स्वीकार गरिहाल्ने भन्ने पक्षमा कांग्रेस नदेखिएको हो । ‘मुख्यमन्त्री ज्युबाट कुरा आउने बितिकै हामीले त्यो प्रस्ताव स्वीकार गरिहाल्नु पर्छ भन्ने छैन, कांग्रेस संसदीय दलका नेता राजिव कोईरालाले भने, हाम्रो संसदीय दलको बैठकले के निर्णय गर्छ अनि मात्र के गर्ने भन्ने स्पष्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्