विराटनगरमा १ नम्बर प्रदेशस्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न 

विराटनगरमा १ नम्बर प्रदेशस्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न 

विराटनगर, वैशाख १३ गते ।

बुधबार देखि बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी माननीय गृह मन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन्त्री थापाले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको, साथै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताउनु भयो । वहाँले शान्ति सुरक्षामा खलल् पुर्‍याउने कसैलाई पनी छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनी कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै राम्रो कामका लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय सदैव तत्पर रहेको बताउनुभयो । यसैगरी गृह सचिव प्रेम कुमार राईले जनताको चाहाना बमोजिको सुरक्षा रणनिती अबलम्बन गर्नु पर्ने हुँदा सोही अनुसार कानूनी परिधी भित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउन निर्देशण दिनु भयो ।

वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमले अगाडी सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनी सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा राख्दै समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा पनि ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताउनुभयो । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उल्लेख गर्नुभयो ।

गोष्ठीमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, १ नम्बर प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्