सिरहामा श्रीमतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास

<span class='c1'>सिरहामा श्रीमतीलाई जिउँदै जलाएर</span> <span class='c2'>हत्या गर्ने प्रयास</span>

सिरहा, १३ बैशाख। सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई श्रीमान्ले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।

जलिरहेको अवस्थामा देखेपछि तत्कालै उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आगो लगाउनुको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्