मनमोहन अधिकारीको स्मृति दिवस, बुढीगंगामा प्रतिष्ठानले ग¥यो कार्यक्रम

मनमोहन अधिकारीको स्मृति दिवस, बुढीगंगामा प्रतिष्ठानले ग¥यो कार्यक्रम

विराटनगर, १३ बैशाख ।
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन पोलिटेक्निक ईन्स्टिच्युटले स्वर्गिय मनमोहन अधिकारीको स्मृति दिवस मनाएको हो ।

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्निकले स्वर्गीय अधिकारीको २० औँ स्मृति दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा अधिकारीको स्मरण गरिएको थियो । स्वर्गिय अधिकारीको शालिकमा माल्यार्णण गर्नुको साथै अधिकारीले नेपाली समाजमा खेलेको भुमिकाको बारेमा चर्चा भएको थियो ।
प्रतिष्ठानका सदस्य तथा नेकपा प्रदेश नम्बर १ का सदस्य सत्यनारायण चौधरीले मनमोहनले नेपाली समाजमा गरेको योगदानको चर्चा गरे । सरल तथा सादा जीवन विताउने सवैका आर्दर्श नेतारुपमा परिचीत पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गने निधन भएको थियो । उहाँको स्मृतीमा मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटका प्राचार्य डा. सुभाषश्री पोखरेल, विद्यार्थी, अभिभावक लगायतले स्वर्गिय अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्