यती एयरले भित्र्यायो चौथो एटीआर

यती एयरले भित्र्यायो चौथो एटीआर

काठमाडौं, १३ बैशाख । यती एअरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शुक्रबार चौथो एटीआर ७२–५०० विमान भित्र्याएको छ । उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९ एन–एएनसी रहेको उक्त विमान बैंककबाट उडेर दिउँसो साढे १ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

भिजिट नेपाल २०२० वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।  एटीआर ७२–५०० फ्रान्सेली–इटालियन कन्र्सोटियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । एटीआर ७२–५०० दुई प्राट एण्ड व्हिट्नी पीडब्ल्यु १२७ इन्जिनहरुद्धारा संचालित रहेको कम्पनीले जनाएको छ ।

यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२–५०० बाहेक बीएई सिष्टम को जे४१ विमान ५ वटा र भगिनि संस्था तारा एअरको दुईवटा डोर्नियर र चार वटा डीएचसी६ ट्विनअटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई संजालबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्