नेपालगन्जमा सात वर्ष यता कै सर्वाधिक गर्मी

नेपालगन्जमा सात वर्ष यता कै सर्वाधिक गर्मी

नेपालगन्ज, १३ बैशाख । नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ।

जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो।

कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार यो वर्ष औसत तापक्रम ३५ देखि ३८ को डिग्रीसेल्सियस थियो। उनले भने, ‘यो प्रि–मनसुनको समय हो। असारसम्म अझै तापक्रम बढ्न सक्छ।’

आजकोे बराबरको तापक्रम विगत सात वर्षयता अप्रिल महिनाको ३० तारिखमा ३९ देखि ४२ दशमलव २ डिग्री सेल्सियससम्म थियो। जबकी ३० तारिख आउन अझै ४ दिन बाँकी नै छ। सन् २०१६ को अप्रिलमा सर्वाधिक ४२ दशमलव २ डिग्री सेल्सियस थियो।

नेपालगन्जमा शुक्रबार दिउँसो तातो हावा चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्