विराटनगर, १४ वैशाख ।
नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो ।
बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षा सम्वन्धि स्टलहरु रहने छन । कार्यक्रममा नयाँ प्रविधि र ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । यसैगरी उत्कृष्ट स्टार्टअप र आइटी प्रडक्टहरुलाई विशेष सम्मान र थप लगानीको आवश्यक भएमा सहयोग गर्ने बताइएको छ ।
स्थानिय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त अबसर सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन र सम्मान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए । काठमाण्डौ वाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानिय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्र्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए ।
मेलामा बढिमा ५० स्टलहरु रहनेछन भने छुट्टै हलमा वकर्सप कन्फ्रेन्स सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन www.booking.ictaward.org मा गएर रजिस्ट्रेसन गर्न आग्रह गरिएको छ । स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ भने प्रवेश निशुल्क राखिएको छ । कन्फ्रेन्समा सहभागि हुन केहि रकम बुझाउनु पर्ने आयोजकले जानकारी दिएको छ ।
यस वर्षको आइसिटी अवार्डको अनलाइन नोमिनेशन जेठ १ गतेदेखि २५ गतेसम्म खुल्ने जानकारी जानकारी दिएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा यस पटक विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । अवार्डको ग्राण्ड फिनाले साउन ३२ गते काठमाण्डौमा हुनेछ ।