मोरङको सुन्दर हरैँचामा बोक्सीको आरोप लगाउने ४ जना पक्राउ

<span class='c1'>मोरङको सुन्दर हरैँचामा बोक्सीको आरोप</span> <span class='c2'>लगाउने ४ जना पक्राउ</span>

विराटनगर, १४ बैशाख ।
मोरङको सुन्दर हरैँचा ११ का दुई महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले ति महिलालाई बोक्सीको आरोप लगाएपनि पक्राउ गरेको हो ।

बैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्राउ पर्ने सुन्दर हरैचा ११ की ३२ बर्षिय शशीकला खवास, बर्ष ६३ की टुन्का खवास, बर्ष अन्दाजी ३५ का श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवासलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुले बोक्सीको आरोप लगाएर कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । पक्राउ परको ब्यक्तिहरुलाई बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम म्याद थप भई अनुसन्धान शुरु भएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्