मोरङ मै यस्तो घटना : बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ 

<span class='c1'>मोरङ मै यस्तो घटना : बोक्सीको आरोप</span> <span class='c2'>लगाई कुटपिट गर्ने ४ जना पक्राउ </span>

मोरङ, बैशाख १४।

बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् ।

उनीहरु ४ जनाले नै स्थानीय २ जनालाई बोक्सीको आरोप लगाई कुटपीट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनालाई नै बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम सम्मानित जिल्ला अदालत मोरङवाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्