मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब इटहरी र दमकमा हुने

<span class='c1'>मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब</span> <span class='c2'> इटहरी र दमकमा  हुने</span>

विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ ।  गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो ।

गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको हो । नेवारी संस्कृतिलाई नेपालकै धनी संस्कृतिका रुपमा लिने गरिन्छ ।
चलचित्र निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य, मिस पूर्वाञ्चलकी फष्ट रनरअप सिम्रन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अडिसनमा एक दर्जनभन्दा बढी युवतीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ ।

पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । यसपछि इटहरी र दमकमा छनौट चरणका प्रतिस्पर्धा गरिनेछ । सबै स्थानबाट छनौट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ ।
विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमा सहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । “दोस्रो चरणको अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता देखिएको छ,” ताम्राकारले भने, “सहभागी र शुभेच्छुकको उपस्थितिले हामी निकै नै उत्साहित भएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्