लागू औषधसहित सुनसरीमा एक जना पक्राउ

लागू  औषधसहित सुनसरीमा एक जना पक्राउ

सुनसरी, १४ बैशाख ।  सशस्त्र प्रहरी बल सुनसरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अरैया जिल्ला भेलाई ग्रामपञ्चायत घर बताउने २५ वर्षीय मोहमद ईरखान छन्।

जिल्लाको हरिहर गाँउपालिका-२ नहर चोकबाट ८१ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित उनालाई पक्राउ गरिएको हो। उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट भोटाहाबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज ईरखानलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेका ईरखानलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्