विराटनगरमा हावाहुरी सहित बर्षा, हरेक दिन जस्ताे विराटनगरमा पानी पर्दै

विराटनगरमा हावाहुरी सहित बर्षा, हरेक दिन जस्ताे विराटनगरमा  पानी पर्दै

विराटनगर, १४  बैशाख । विराटनगरमा हावाहुरी सहित बर्षा शुरु भएको छ । मेघ गर्जन सहित हावाहुरीका बिचमा पानी परेको हो । पछिल्लो समय बिराटनगरमा हरेक दिन बर्षा हुँदै आएको छ ।

मौसममा भएको बदलीका कारण सर्बसाधारण कति बेला पानी पर्ने हो भन्नेमा हुन्छन् ।  अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताए ।

उनका अनुसार पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्