घरेलु टोली राजस्थान विजयी, हैदरावाद ७ विकेटले पराजित

घरेलु टोली राजस्थान विजयी, हैदरावाद ७ विकेटले पराजित

काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले  सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।  हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

राजस्थानको जितका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान गरे भने लिआम लिभिङस्टोनले ४४ रन बनाए । अजिंकाले रहानेले ३९ रन र कप्तान स्टिभ स्मिथले २२ रन बनाए । हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए । राजस्थानका भरुण आरोन, ओसाने थोमस,श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्