सुन्दर टोललाई प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगिताको उपाधि

सुन्दर टोललाई  प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगिताको उपाधि

बेलबारी, १५ बैशाख ।  मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगितामा  अन्तरगतकाे फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था विजयी भएको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले पराजित गरेको हो ।

सुन्दर टोल विकास संस्थाका खेलाडी सुनिल पोख्रेलको पासमा खेलाडी सोनम राईले खेल सुरु भएको पहिलो हाफको १० मिनेट नबित्दै गरेको गोल नै विजयी गोल बन्यो । भगवती सहकारी टोलले खेलको पहिलो हाफ र दोस्रो हाफमा सुन्दर टोलको विरुद्ध गोल गर्ने सक्दो प्रयास गरेता पनि गोल विहीन भएर प्रतियोगिताको उपविजेता स्वकारर्नु परेको थियो । बिहिबार भएको पहिलो सेमिफाईनल खेलमा सुन्दर टोल विकास संस्थाले मालपोत,बिजुली, तथा शान्ति टोल विकास संस्थालाई २–१ गोलको अन्तरले पराजित गर्दै फाइनल खेलमा प्रवेश गरेको हो भने शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा सहकारी, भगवती टोलले ट्राई बे्रक्ररमा ३–२ गोलको अन्तरले मैनाबारी, सम्झना तथा दोघडे टोललाई हराउदै फाईनल खेलमा प्रबेश गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भगवती सहकारी टोलका खेलाडी राजकुमार राई घोषित भएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिप्परको उपाधि सुन्दर टोलबाट अम्कस धिमालले हात पार्न सफल भए भने खेलको म्यान अफदी म्याच विष्णु गौतम भएका छन् । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु.१५ हजार सहित ट्रफी, मेडल प्रमाण पत्र र उपविजेताले नगद रु.१० हजार सहित ट्रिफ, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार रु.५ हजार १ सय, ट्रफी र प्रमाणपत्र साथै उत्कृष्ट खोलकिप्परले ३ हजार १ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले बेलबारीमा खेलकुद क्षेत्रको विकासको लागी नगरपालिका सधैँ गम्भीर रहेको बताउदै टोल कप फुटबल प्रतियोगिता सँगै मेयर कपको पनि आयोजना गर्ने जनाएका छन् ।

प्रतियोगिता बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्