कोदालोको पासोले हानेर १४ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

कोदालोको पासोले हानेर १४ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

विराटनगर १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सामान्य बिषयमा वावुले बिज्ञानलाई शनिबार राती गाली गरेका थिए । बाबुले गाली गर्दा आवेगमा आएर बिज्ञानले राती करिब ८ बजे वावुलाई कोदालोको पासोले हानेर हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कोदालो प्रहारबाट ईन्द्रप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
कोदालो प्रहार गर्ने बिज्ञानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्