विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ।
आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालयले बैशाख १९ गते भित्र प्रदेशको स्थायी राजधानी र नामको बिषयको प्रस्ताव ल्याउन आब्हान गरेको हो ।
प्रदेश सभा संचालन संशोधन कार्यबिधीले ब्यवस्था गरे अनुसार प्रदेश सांसदहरु मध्येबाट २ जनाको प्रस्तावमा प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याउन सक्नेछन् । यसरी आएको प्रस्ताव मध्येबाट दुई तिहाईले पारित गर्नु पर्ने ब्यवस्था छ । प्रदेश १ मा दुई तिहाई नेकपाको मात्र भएपनि सर्बसहमतीको आधारमा प्रदेशको नाम र राजधानीको बिषय समेटेर लैजाने पक्षमा पदेश सरकार लागेको छ ।