विराटनगर, १५ बैशाख ।
हस्पिटल परिसर भित्र हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार न्यूरो हस्पिटलमा प्रयोगात्मक अभ्यास गरिएको छ ।
आगलागीको काल्पनिक अवस्था श्रृजना गरेर हस्पिटलको परिसर भित्र उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपत्कालीन अवस्थामा आइपर्न सक्ने जोखिमलाई न्युनिकरण गर्न अभ्यास गरिएको हो ।
अभ्यासमा न्यूरो हस्पिटलमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारी र हस्पिटलका विभिन्न बिभागका कर्मचारी सहभागी थिए । न्यूरो हस्पिटलको पार्किङ ग्राउण्डको खाली भागमा आगलागीको काल्पिनिक अवस्था श्रृजना गरिएको थियो । त्यसअघि नै अस्पतालका चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको न्यूरो अस्पतालका प्रशासकिय अधिकृत तुलसीप्रसाद उप्रेतील े जानकारी दिए ।
दाउरा — कागजका टुक्रामा आगो लगाउने बित्तिकै हस्पिटलका कर्मचारीहरुले फायर एक्स्टिङग्युसरको प्रयोग गरि आगो निभाएका थिए । हस्पिटलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्युनिकरण कसरी गर्ने भन्ने जानकारीका लागि पुर्नताजगि पूर्वअभ्यास गरिएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।