मादक पदार्थ पोखेको विषयमा विराटनगरका अर्जुन पोद्दारलाई छुरा प्रहार गर्ने विजय पक्राउ

<span class='c1'>मादक पदार्थ पोखेको विषयमा विराटनगरका अर्जुन</span> <span class='c2'>पोद्दारलाई छुरा प्रहार गर्ने विजय पक्राउ</span>

विराटनगर, १५ वैशाख ।
मादक पदार्थ पोखेको भन्दै छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । विराटनगर २ तिनपैनी पूर्वटोलका अमलेश भुजेलको पसल अगाडी मादक पदार्थ सेवन गर्ने क्रममा मादक पदार्थ पोखेको विषयलाई लिएर विवाद गर्ने विराटनगर २ का छाला भनिने विजय रामलाई प्रहरीले पक्राउ गरेको छ । रामले विराटनगर १ बस्ने २० वर्षिय अर्जुन पौदारलाई मादक पदार्थ पाखेको विषयमा छुरा प्रहार गरेका थिए ।

रामले गत बैशाख १३ गते राती ८ बजे पौदारलाई कुटपिट गर्दै पसलबाट बाहिर निकाली शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी शक्त घाईते बनाएको प्रहरीले जनाएको छ । निज घाईते अर्जुन पौदारलाई विराट मेडिकल कलेजको सघन कक्षमा उपचार भई रहेको छ ।
छुरा प्रहार गर्ने छाला भन्ने विजयलाई गएराती मोरङ प्रहरीको विशेष अनुसन्धान टोलीले  विराटनगर ८ अशोक चोकबाट पक्राउ गरेको मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका रामलाई मुलुकी कार्य्विधी (संहिता) ऐन २०७४ बमोजिम ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा अनुसन्धान भई रहेको श्रेष्ठले जानकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्